नियम २४
बोर्डको काम, कर्तव्य र अधिकार

 

बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् :-

(क) चलचित्रको विकास तथा प्रवद्र्धन गर्नको लागि आवश्यक नीति तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने,
(ख) चलचित्रको विकास तथा प्रवद्र्धन गर्नका लागि योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने,
(ग) चलचित्र क्षेत्रको विकासका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,

(घ) राष्ट्र भाषामा स्तरीय चलचित्र निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने,
(ङ) नेपाली कला र संस्कृतिको जगेर्ना हुने किसिमका चलचित्र निर्माण गर्ने वातावरण सिर्जना गर्ने,
(च) नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक मान्यतामा आँच नआउने गरी नेपाललाई विश्वमा परिचित गराउने खालका चलचित्रको निर्माण गर्नका लागि विदेशी चलचित्र निर्मातालाई प्रोत्साहित गर्ने,
(छ) चलचित्र महोत्सवको आयोजना गराई चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रोत्साहित तथा पुरस्कृत गर्ने,
(ज) नेपाली कला तथा संस्कृतिको सम्वद्र्धनमा समर्पित चलचित्रकर्मीको जगेर्ना गर्न आवश्यक व्यवस्था मिलाउने,
ज१) चलचित्र व्यावसायीहरूबीच समन्वय कायम गर्ने ।
(ज२) चलचित्र व्यावसायीलाई चलचित्रसँग सम्बन्धित विषयमा परामर्श सेवा प्रदान गर्ने ।
(ज३) चलचित्र व्यवसायको गुणस्तर बृद्धि गर्नको लागि चलचित्र व्यावसायीले पालन गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्ने ।
(ज४) चलचित्र घरको वर्गीकरणका लागि मापदण्ड बनाई मन्त्रालय समक्ष पेश गर्ने ।
(ज५) स्वदेशी निर्माताबाट राष्ट्र भाषामा निर्माण भएका चलचित्रको सम्पादन लगायतका अन्य काम गर्ने तथा त्यस्तो चलचित्र विदेशमा निकासी गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने ।
(झ) चलचित्रको विकास तथा प्रवद्र्धन गर्नका लागि उपयुक्त अन्य काम गर्ने गराउने